Logo जेठ ३०, २०७८ आइतबार


भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप: ३ घाइते

पर्सा। यहाँ सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबीच झडप भएको छ। शुक्रबार भएको झडपमा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

ओरिया खोलाको बालुवा अवैधरुपमा उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबीच झडप भएको हो। पर्साको जगरनाथपुर गाउँपालिका– १ पिपडाढीमा ओरिया खोलाको बालुवा उत्खनन गरिरहेको अवस्थामा भारतीय नम्बर प्लेटको ट्याक्टरलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी आउट पोस्ट पिडारीगुठी र महादेवपट्टीको संयुक्त टोलीले अवैध रूपमा भइरहेको बालुवा उत्खननलाई रोक्न खोज्दा भारतको गदियानी भंगाहाका स्थानीयहरूले लाठी, भाटा, बेल्चा तथा ढुंगामुढा प्रहार गरेर सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए।

झडपमा घाइते भएका सशस्त्र प्रहरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको ट्याक्टर समेत भारतीयले लिएर गएका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।