Logo बैशाख ७, २०७८ मंगलबार


प्रधानमन्त्री ओलीको प्रतिगामी कदमविरुद्ध स्रष्टा उत्रिए सडकमा

काठमाडौं । सरकारको प्रतिगमनको विरोधमा स्रष्टाहरु सडकमा उत्रिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी प्रतिगामी कदम चालेको विरोधमा अग्रमन पक्षका स्रष्टा हरु सडकमा उत्रिएका हुन् ।

सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन नाम दिइएको प्रदर्शन भृकुटीमण्डपबाट शुरु भई बसन्तपुरसम्म पुगेको छ । प्रदर्शनमा श्रवण मुकारूङ, नारायण वाग्ले, दयाहाङ राई, राजन मुकारूङ, सङ्गीत स्रोता, बिमला तुम्खेवा, बिजय बराल, आहुति जस्ता दिग्गज कलाकार लेखकहरूको उपस्थित रहेको छ।

सरकारले प्रतिगामी कदम चालेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरेको भन्दै स्रष्टा हरुले हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका छन् ।

वसन्तपुरमा पुगेर गरिएको सभामा कलाकार तथा स्रष्टाहरुले अभिव्यक्ति स्वतन्त्रण कुण्ठित भएको विरोधमा प्रतिकात्मक नाटक देखाउनुको साथै कविता र गीतबाट प्रतिगमनको विरोध गरेका थिए । कलाकारहरुले साङलोले हात बाँधेर अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाएको विरोधमा प्रतिकात्मक प्रर्दशन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कवि राजन मुकारुङले अभिव्यक्ति स्वतन्त्रको रक्षा गर्नु सबैको साझा मुद्दा भएकाले प्रतिगमन विरुद्ध सबै स्रष्टाहरु एकठाउँमा उभिनुपर्ने बताउनुभयो । उहाँले निरंकुश सत्ता शासन र प्रधानमन्त्रीको अहंको चाँडै ठेगान लाग्ने विश्वास आफूले लिएको भन्दै सबैलाई एकवद्ध हुन आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, “सडक संघर्षमा हामी अघि बढिरहेका छौ । निरंकुश सत्ता साशन र प्रधानमन्त्रीको अहंको चाँडै ठेगान लाग्नेछ भन्ने मैले अनुभूति गरेको छु । अहिले मैले किन ओलीलाई गाली गरिरहेको छु त ? यो भाषा कसले सिकायो हामीलाई ?उनैले सिकाए । उनलाई तँ भनेर गाली गर्दा पनि ठिक हुने पोजिसन सिकाएको उनैले हो । संस्कृति त होइन नि त । यो सिकाएकै उनैले हो । गाली गर्न सिकाएको उनैले हो । ”

यो साझा मुद्दा भएकाले पक्ष/विपक्ष र प्रतिगन हो/होइन भनेर नेतालाई नसोधी सडक संघर्षमा एकजुट हुन उहाँले सबैलाई आग्रह गर्नुभयो । साझा फोरमका सम्बन्धमा स्रष्टाहरुले जिज्ञासा राख्ने गरेको भन्दै उहाँले भन्नुयो “ यो त साईलाका जन्ती जानुहुन्छ भने मात्रै म बेहुली लिन जान्छु भने जस्तै हो ।”

स्रष्टाहरुको प्रर्दशनमा पत्रकार एवं साहित्यकार नारायण वाग्ले, हरिगोविन्द लुईँटेल, दयाहाङ राई, आहुति, निनु चापागाई, विमला राई लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।