Logo जेठ ३, २०७८ सोमबार


सार्वजनिक जग्गा अपचलन गर्नेविरूद्ध कारबाहीकाे माग

काठमाडाैं । सरकारी, सार्वजनिक एवं गुठी जग्गा संरक्षण संघर्ष समितिले मुलुकभरका सरकारी ,सार्वजनिक एवं गुठी जग्गा आफू मातहत ल्याएर संरक्षण गर्न सरकारलाई दबाब दिएको छ । समितिले शुक्रबार काठमाडाैंकाे शान्ति बाटिकामा कार्यक्रम गरी सरकारी जग्गा संरक्षणको माग गर्दे संकलन गरिएको हस्ताक्षर सरकारलाई बुझाउने जानकारी दिएको हो ।

ललिता निवास बालुवाटार लगायतका सरकारी जग्गाजमिन सरकारले आफ्नै मातहतमा ल्याई भोगचलन गराउन दबाब दिदैँ माघ २३ गते देखि हस्ताक्षर अभियान चलाएको संघर्ष समितिले सो हस्ताक्षरलाई सम्बन्धित मन्त्रालयमा बुझाउने भएको हो । समितिले ललिता निवास बालुवाटारको सरकारी जग्गा नेपाल सरकारको नाममा कायम गर्न, सुनसरी, धरानस्थित सर्दु जलाधारको ३४८ बिघा जग्गा नेपाल सरकारको नाममा कायम गरी सो जग्गा अपचलन गर्ने उपर कारबाही गर्न दबाब दिन हस्ताक्षर अभियान सञ्चालन गरिएको जनाएको छ ।

त्यसैगरी, धोबीखोला बगेको साबिक नगर २५(क) कित्ता नं. ५०५ को जग्गामा मोही लाग्ने गरी मन्त्रिपरिषद्बाट निर्णय गर्ने प्रधानमन्त्री उपर कारबाही गरी सो जग्गा सरकारको नाममा दर्ता गर्न, मालपोत कार्यालयले राजकुलो र बाटोमा समेत मोही कायम गर्ने गरेको निर्णयलाई सदर गर्ने न्यायाधीशलाई कारबाहीको लागि दबाब दिन हस्ताक्षर अभियान सञ्चालन गरिएको संघर्ष समितिका महासचिव युवराज कोइरालाले जानकारी दिनुभयो ।

संघर्ष समितिले माघ २३ गतेदेखि शुरु गरेको हस्ताक्षर अभियान शुक्रबार शान्ति बाटिकामा कोणसभा गरी समापन गरेको छ । हस्ताक्षर सम्बन्धित मन्त्रालय तथा निकायहरुमा पुर्याइने संघर्ष समितिका महासचिव कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…