Logo बैशाख २९, २०७८ बुधबार


महिला हिंसा र प्रतिगमनविरुद्ध महिला मार्च

काठमाडौं । प्रतिगामी सरकार महिला हिंसा रोक्न असफल भएको भन्दै राजधानीमा महिला मार्च गरिएको छ । ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ नाम दिएर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले महिला हिंसा बन्द गर्न, बलात्कारीलाई सजाय दिन, हत्यारा पहिचान गरी कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

मुलुकभर भएका महिला हिंसा रोक्न र दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरिएको हाे । प्रदर्शनका क्रममा सरकारले महिला हिंसा रोक्न नसकेको, बलात्कार तथा हत्याका घटना रोकिनुको सट्टा बढिरहेको भन्दै सरकारप्रति आक्रोश पोखेका छन् ।

सरकार हरेक दिन प्रतिगमनको दिशामा अग्रसर भइरहेको भन्दै हिंसा र प्रतिगमन रोक्न प्रदर्शनकारीले माग गरेका छन् । प्रदर्शनकारीले प्रतिकात्मक रुपमा शवयात्रा समेत गरेका छन् ।

दिनहुँ जसो बलात्कार र हत्याका घटना बाहिर आइरहेका छन् तर न्याय दिनुपर्ने सरकारले सुरक्षासमेत दिन नसकेको भन्दै उनीहरुले सरकारप्रति आक्रोश पोखेका छन् । बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी निर्मला पन्त, बैतडीकी भागरथी भट्ट लगायत मुलुकभर भएका यस्ता घटनाका पीडितलाई न्यायको माग उनीहरुले गरेका छन् ।

प्रदर्शनमा जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमी, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी लगायतको सहभागीता रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…