Logo जेठ ३०, २०७८ आइतबार


प्रधानमन्त्री ओली र थाई राजदूतबीच शिष्टाचार भेट

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि थाईल्याण्डका राजदूत भोषित भोरासाफबीच भेटावार्ता भएकाे छ । प्रधानमन्त्री ओली  र राजदूत भाेरासाफबीच शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएकाे हाे ।

भेटमा प्रधानमन्त्री र राजदुतबीच दुई मुलुकबीच लामो समयदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गतिका साथ अघि बढाउने विविध विषयमा वार्ता भएको बताइएकाे छ।

भेटमा प्रधानमन्त्री ओलीले  राजदूत भोरासाफको सफल कार्यकालका लागि शुभेच्छा व्यक्त गर्दै दुई देशबीच सम्बन्धका नयाँ आयामहरु पहिल्याउन सकिने विश्वाससमेत व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले दुई मुलुकबीच बौद्ध धर्ममार्फत जोडिएका साँस्कृतिक एवं जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन दुवैतर्फ रहेका बौद्ध तिर्थस्थलमा पर्यटक आवागमनलाई बढावा दिइनुपर्ने धारणासमेत राख्नुभएको थियाे ।

प्रधानमन्त्री ओलीले  दुई देशबीच कुटनीतिक सम्बन्ध ६२ वर्षअघि स्थापना भए पनि यी दुईको सम्बन्ध भने त्यसभन्दा धेरै लामो रहेको उल्लेख गनुभयो । यस सम्बन्धलाई थप उचाई दिन नयाँ सम्भावनाहरु पहिल्याउनु पर्ने धारणासमेत उहाँले राख्नुभयो ।

भेटका क्रममा राजदूत भोरासाफले थाइल्याण्ड र नेपालको भैरहवा विमानस्थलबीच सिधा हवाई सम्बन्ध जा्ेड्न सकिए नेपालमा थाई पर्यटकको आगमन बढाउन सकिने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।