प्रतिगमनविरूद्ध स्रष्टा ओर्लिए सडकमा (फाेटाेफिचर)

काठमाडौं । सरकारको प्रतिगमनको विरोधमा स्रष्टाहरु सडकमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी प्रतिगामी कदम चालेको विरोधमा अग्रमन पक्षका स्रष्टाहरु सडकमा उत्रिएका हुन् ।
सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन नाम दिइएको प्रदर्शन भृकुटीमण्डपबाट शुरु भई बसन्तपुरसम्म पुगेको छ । प्रदर्शनमा श्रवण मुकारूङ, नारायण वाग्ले, दयाहाङ राई, राजन मुकारूङ, सङ्गीत स्रोता, बिमला तुम्खेवा, बिजय बराल, आहुति जस्ता दिग्गज कलाकार लेखकहरूको उपस्थित रहेको छ।
तस्बिर : हनिशराज पन्त/ जनतासमाचार