Logo बैशाख २, २०७८ बिहीबार


शताब्दी पुरूष सत्यमोहन जोशी दम्पतीद्वारा मरणोपरान्त शरीर दान

ललितपुर । शताब्दी पुरुष सत्यमोहन जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने घोषणा गर्नुभएको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बीच जोशी दम्पतीले आफ्नो शरीरको शेषपछि चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई अर्पण गर्ने जानकारी दिनुभएकाे हाे ।

शताब्दी पुरुष सत्यमोहन जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशीले किष्ट मेडिकल कलेजलाई लेखिएको शरीर दान गर्ने मञ्जुरी पत्रमा हस्ताक्षर गर्नुभएको छ । उहाँहरुले आफ्नो छोरा अनुराज जोशीसमेतको सहमतीमा हस्ताक्षर गर्नुभएको हो । शताब्दी पुरुष जोशीले आफ्नो शरीरको लामो आयु कसरी भयो भनेर अध्ययन गर्न काम लागोस् भनेर स्वेच्छाले दान दिएको बताउनुभयो ।

घोषणा कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शताब्दी पुरुष जोशीले शरीर दान गरेर माइलस्टोन कोर्नुभएको बताउनुभयो । उहाँले आफ्नो जीवनमा अनेकौँ इतिहास रच्नुभएकाले सबैको गौरव, प्रेरणा र आदर्श रहेको बताउनुभयो ।

महर्जनले ललितपुर महानगरपालिकाले राष्ट्रमा योगदान पुर्याउनु हुने राष्ट्रसेवकलाई सम्मान गर्दै आएको बताउनुभयो । शताब्दी पुरुष सत्यमोहन जोशीलाई पनि महानगरपालिकाले सम्मान गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।