Logo जेठ ३, २०७८ सोमबार


बुबाकाे स्मृतिमा शैक्षिक अक्षकाेषकाे स्थापना

दोलखा । मेलुङ गाउँपालिकाका-६ सामुदायिक विद्यालयमा जिल्ला समन्वय समिति दोलखाका सदस्य तथा समाजसेवी विदुर शर्माले आफ्ना बुबाको स्मृतिमा शैक्षिक अक्षकोषको स्थापना गर्नु भएको छ । गाउँपालिकाभित्रका ११ सामुदायिक विद्यालयमा शैक्षिक अक्षयकोष स्थापना गर्ने उद्येश्य अनुसार ६ सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना भइसकेको र बाँकी विद्यालयमा चाँडै कोष स्थापना गर्ने तयारी गरेकाे उहाँले बताउनुभएकाे हाे ।

स्वर्गीय हरिशङ्कर उपाध्याय अक्षयकोषले मेलुङ गाउँपालिकाको लक्ष्मी माध्यमिक विद्यालय घ्याङसुकाटेकार, भूमेस्थान मावि घ्याङ, चर्नावती निमावि घ्याङ, त्रिभुवन मावि मेलुङ, सत्यश्वर मावि पवटी र कालिका मावि सुकाठोकरमा अक्षयकोष स्थापना गरिसकेको छ ।

प्रत्येक विद्यालयमा आफना पिताको नाममा एक लाख पाँच हजार राशिको अक्षयकोष स्थापना गरी रकम विद्यालयलाई हस्तान्तरण गरी सकेको र बाँकी विद्यालयसमेतमा चाँडै कोष स्थापना गरिने कोषका अध्यक्ष शर्माले बताउनुभयो । उक्त अक्षकोषबाट आउने रकमले विपन्न परिवारका बालबालिकालाई अध्ययन गर्न शैक्षिक सामग्री तथा छात्रवृत्ति प्रदान गरिने त्रिभुवन माध्यमिक विद्यालय मेलुङका प्रधानाध्यापक सन्तोष श्रेष्ठले बताउनुभयो ।

दोलखाकै पुरानो सामुदायिक विद्यालय अन्तर्गत त्रिभुवन माध्यमिक विद्यालयमा भने एक लाख ५१ हजारको अक्षयकोषको स्थापना गरिएको छ । कोषको रकमको चेक कोषका अध्यक्ष शर्माले विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामहरि श्रेष्ठलाई हस्ताणतरण गर्नुभयो । सोही कार्यक्रमको अवसरमा समाजसेवी शर्माले त्रिभुवन माध्यमिक विद्यालयका १५ जना विपन्न तथा जेहेन्दार परिवारका विद्यार्थीलाई एक हजारको दरले छात्रवृत्ति प्रदान गर्नुका साथै शैक्षिक, खेलकूद सामग्री तथा विद्यार्थीलाई झोला प्रदान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…