Logo जेठ ३, २०७८ सोमबार


बलात्कारी र हत्यारालाई कारबाहीकाे माग गर्दै काँग्रेसको प्रदर्शन

काठमाडौं । नेपाली काँग्रेसले नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ । बैतडीकी १७ वर्षीया किशोरी भागीरथी भट्टको बलात्कार र हत्या गर्नेलाई कडाभन्दा कडा कारबाहीकाे माग गर्दै नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिले धर्ना कार्यक्रम गरेकाे हो ।

नेपाली काँग्रेस सुनसरी-काठमाडौं सम्पर्क समितिका सभापति बाबुराम आचार्यले कसैका छोरी चेली बलात्कृत हुनु भनेको आफ्नै छोरी चेली सम्झेर न्यायका लागि सबै लाग्नुपर्ने बताउनुभयाे। उहाँले निर्मला पन्तको बलात्कार र हत्या गर्ने अपराधीलाई अहिलेसम्म पनि सत्यतथ्य पत्ता लगाइ कारबाही  गर्न नसक्नु दुःखकाे कुरा भएकाे बताउनुभयाे । भागरथीको बलात्कार र हत्या गर्ने अपराधीलाई कानूनी कठघरामा तुरून्तै ल्याउनुपर्ने उहाँकाे भनाइ थियाे ।

सभापति आचार्यले बलात्कार र हत्याजस्त जघन्य अपराध गर्ने जोसुकै भएपनि कडा कारबाही गर्नुपर्ने माग आफूहरुको भएको  बताउनुभयाे । उहाँले चेलीहरु सुरक्षीत रुपमा डरत्रासविहीन ढंगले हिँडडुल गर्ने वातावरण सरकारले बनाउन नसकेकोमा चिन्ता ब्यक्त गर्नुभयाे ।

सहभागीहरुले बलात्कार जस्तो जघन्य अपराध दिनानुदिन बढ्दै गएकाले राज्यले रोकथामका लागि विशेष योजना बनाउनु पर्ने विचार व्यक्त गरेका थिए । विभिन्न मिडियासँग बोल्दै प्रदर्शनमा सहभागीहरुले बलात्कारी र हत्यारालाई कारबाही गर्न नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकोमा आक्रोस पोखेका थिए । उनीहरुले निर्मलाका बलात्कारी र हत्यारा उम्किएकोजस्तै गरी भागरथीका हत्यारा पनि उम्कनसक्ने हुँदा तीन करोड नेपाली जनताले नै सरकारलाई अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न दबाब दिनुपर्ने बताएका थिए ।

सयौंको संख्यामा उपस्थित रहेका नेपाली काँग्रेसका कार्यकर्ता तथा शुभचिन्तकहरुले भागरथीलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, महिला हिँसा बन्द गर, शान्ती सुरक्षा कायम गर जस्त प्ले कार्ड र ब्यानरहरु बोकेर धर्नामा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…