Logo बैशाख ३१, २०७८ शुक्रबार


गजल

प्रशान्तप्रदिप खतिवडा

आफ्नै मन त खुसी हुन्न चल्दा आफ्नै अधिनबाट
यहाँ दु:ख सुरु हुन्छ सुख खोजेको दिनबाट ।

यी खाली सिउँदोहरु नभरिदासम्म निर्धक्क थिए
भरिएपछि त्रसित छन् सोच्दै सफेद हुन्छ कि रंगीनबाट !

बिना हात पनि जीवनले पठाउने रैछ दस्तखत
रहरको औठाछाप देखियो परदेशीको कफिनबाट ।

दुई आँखा जोडेर हेर्दा नजिक देखिए दूर दृष्य
सामुन्नेको एक सम्बन्ध नजिक आएन दुरबिनबाट ।

फूलकै बर्षात गरे पनि थुङ्गा किन भुइ झर्छ
आखिर ती थुङ्गाहरु फक्रेका हुन जमिनबाट ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…