Logo बैशाख ३१, २०७८ शुक्रबार


मैना र किसान

काठमाडाैं । गाउँ नजिकै एउटा जंगल थियो । जंगलमा एउटा मैना बस्थ्यो । नजिकैको गाउँमा एउटा किसानको ठूलो फलफूल बगैंचा थियो । बगैंचामा विभिन्न किसिमका रसिला र मिठा फलफूल थिए । किसान आफ्नो बगैंचाको राम्रोसँग हेरविचार गथ्र्यो । उसको रेखदेखकै कारण बगैंचामा कुनै पनि पशुपंछी पस्न पाउँदैन थिए ।

ती फलहरु देखेर मैनाको भने सँधै मुख रसाउँथ्यो । तर किसानका कारण मैना बगैंचामा जान सक्दैन थियो । एक दिन मैनाले एउटा उपाय निकाल्यो र राति बगैंचामा गयो ।

बगैंचाबाट मैनाले ठूलो ठूलो आवाजमा सर्पले सास फेरे जस्तै गर्न थाल्यो । अँध्यारो रात त्यहिँमाथि सर्पको डरले किसान बगैंचातिर जान सकेन । त्यहि मौका छोपेर मैनाले आफूलाई मन लागेजति फलफूल खायो । किसानले आफूलाई केही गर्न नसकेको सोचर मैनाले दिनहुँ त्यहि उपाय अपनाउन थाल्यो ।

उता किसान बगैंचाका फलफूल घटेको देखेर निराश थियो । तर सर्पको डरका कारण ऊ बगैंचाको सर्पको आवाज सुनेको रुखतिर जान पनि सक्दैन थियो । राम्रा र रसिला फलफूल खाएर मैना भने दिनप्रति दिन स्वस्थ्य र तन्दुरुस्त हुन थाल्यो ।

एक दिन जंगलको अर्को एउटा चराले मैनालाई स्वस्थ्य र बलियो हुँदै जानुको कारण सोध्यो । मैनाले किसानलाई तर्साएर फलफूल खाने गरेको कुरा त्यो चरालाई सुनायो । त्यो रात बगैंचामा मैनासँगै अन्य धेरै चराहरु पनि गए । उनीहरुले फलफूल खाने, नखाएको फाल्ने र चिरबिर आवाज निकाल्ने गर्न थाले ।

मैनाले ती चराहरुलाई हल्ला नगर्न भन्यो तर उनीहरु मानेनन् । चराको हल्ला सुनेर किसानले शंका गर्यो । त्यति धेरै चरा र सर्प एकै ठाउँ हुनै नसक्ने उसले अनुमान गर्यो । किसानले अर्को दिन फलका रुखमा चरा समाउने जालो राख्यो । अर्को दिन मैना र अन्य चराहरु बगैंचामा आए र जालमा परे । भोलिपल्ट बिहान किसानले ती जालमा परेका सबै चरालाई बेचिदियो र राम्रो पैसा कमायो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…