Logo जेठ ३०, २०७८ आइतबार


१० औं विश्व रेडियो दिवस मनाइँदै

काठमाडौं । आज फेब्रुवरी १३ अर्थात १० औं  विश्व रेडियो दिवस ‘नयाँ विश्व, नयाँ रेडियो’ भन्ने नारासहित मनाइँदै छ ।संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुवरी १३ मा रेडियो दिवस मनाउने शुरुवात गरिएको हो ।

स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसपछि संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष फेब्रुवरी १३ मा विश्व रेडियो दिवस मनाउन शुरु गरिएको हो ।

नेपालमा वि.सं २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण शुरु भएपनि औपचारिक रुपमा भने वि.सं २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन शुरु भएको हो । नेपालमा राणा शासन अन्त्यका लागि संघर्षरत नेपाली कांग्रेसले रेडियोको प्रसारण शुरु गरेको थियो।

नेपालमा ०५२ सालदेखि निजी क्षेत्रबाट एफएम रेडियोहरुको प्रसारण भएको हो । हाल नेपालमा सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनका लागि इजाजत प्राप्त एफएम रेडियोको संख्या ९ सय हाराहारी छन् भने ७ सय भन्दा बढी रेडियोले नियमित प्रसारण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…