Logo असार १, २०७८ मंगलबार


बलात्कारीलाई सार्वजनिक गर्न माग

काठमाडाैं । बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै काठमाडाैं माईतिघर मण्डलमा शनिबार पनि युवायुवतीले प्रर्दशन गरेका छन् । आँखामा कालोपट्टी बाँधेर विरोध प्रर्दशनमा उत्रिएका युवतीहरुले बलत्कारी हत्याराहरुलाई सार्वजनिक गर्न र पीडितलाई न्याय दिन माग गर्दे नाराबाजी गरेका हुन् ।

उनीहरुले केही समय धर्ना समेत दिएका थिए । सेतो लुगा लगाएर कपाल फिँजाएर ब्यानरसहित अग्रभागमा तीन जना महिलाले प्रतिकात्मक रुपमा विरोध प्रर्दशन गरेका थिए । उनीहरुको पछाडि मुखमा कालो टेप लगाएका युवतीहरु थिए । सोही बीचमा आँखामा कालो पट्टी लगाएर युवतीहरुले महिला सुरक्षा, अपराधीलाई कारवाही र पीडीतलाई न्याय दिन माग गरिरहेका थिए ।

उनीहरुले तिम्रा कानुन चाहिँदैन छोरी मार्न पाईदैन, बलात्कारी सरकार मुर्दावाद हत्यारालाई सार्वजनिक गर, बलात्कारीलाई फाँसी दे जस्ता नाराबाजी गरेका थिए ।

मुलुकका विभिन्न स्थानमा बालिका बलात्कार र हत्यामा संलग्नको पहिचान र कारवाही नभएपछि त्यसको विरोधमा दोषीलाई कारवाही, पीडितलाई न्याय र बालिका तथा महिला सुरक्षाको प्रत्याभुति गर्न माग गदै काठमाडाैं दिनहुँ प्रर्दशन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।