आँखामा पट्टी बाँधेर अपराधी देखिन्न (फोटोफिचर)

काठमाडाैं । सरकारको प्रतिगमकारी कदमविरुद्ध स्रष्टाले कविता वाचनसहित प्रदर्शन गरेका छन् । ‘आँखामा पट्टी बाँधेर अपराधी देखिन्न, बादलुको छायामा न्यायको घाम भेटिन्न’ लगायतका नारा अंकित व्यानर बोकेका स्रष्टाहरुले प्रतिगमनविरुद्ध विभिन्न सिर्जना वाचन गरेका थिए । निशान निष्कर्ष, भावना पाण्डे, रसुवाली कवीलगायत पचास जनाभन्दा बढी स्रष्टाहरूले कविता वाचन गरेका थिए ।
तस्बिर : हनिशराज पन्त/जनतासमाचार