Logo असार १, २०७८ मंगलबार


काेराेना अपडेट : थप ५७ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडाैं । नेपालमा थप ५७ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर एक हजार नाै सय जनाको पीसीआर परीक्षण भएकाेमा २७ महिला र ३० पुरुष गरी ५७ जनामा कोरोना पुष्टि भएको हो ।

आज (शनिवार) काठमाडौँ उपत्यकामा १७ महिला र १४ पुरुष गरी ३१ सङ्क्रमित भेटिएका छन् । हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ७२ हजार ६१४ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म २१ लाख १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

गत २४ घण्टामा थप १३३ जना सङ्क्रमणमुक्त भएसँगै हालसम्म दुई लाख ६८ हजार ९२९ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना निको भएको दर ९८ दशमलव ७ प्रतिशत रहेको छ । गत २४ घण्टामा कोही पनि सङ्क्रमितको मृत्यु भएको छैन ।

कोरोनाबाट हालसम्म दुई हजार ५४ जनाएको मृत्यु भएको छ । पाँच सय भन्दाबढी सङ्क्रमित भएको जिल्ला काठमाडौँ मात्र छ । शुन्य सङ्क्रमित भएका जिल्ला इलाम, भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, मुस्ताङ, मुगु, पश्चिम रुकुम र अछाम रहेका छन् ।

हाल देशभर संस्थागत आइसोलेशनमा ९८२ छन् । सघन उपचार कक्षमा ५६ जना र भेन्टिलेटरमा १७ जना सङ्क्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…