Logo जेठ ३०, २०७८ आइतबार


पर्यटन व्यवसायी महिलालाई डिजिटल मार्केटिङ तालिम

कास्की । पर्यटन क्षेत्रलाई प्रविधिमैत्री बनाउनका लागि पर्यटन व्यवसायी महिलालाई डिजिटल अनलाइनसम्बन्धी तालिम प्रदान गरिएको छ । पर्यटन व्यवसायी महिला सङ्घ (टेवान)को आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवर्द्धन संघमा आवद्ध सदस्यलाई प्रविधिको सही प्रयोगबाट व्यवसायलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको थियो ।

तालिमको उद्घाटन सत्रमा पोखरा महानगरपालिका –६ का वडाध्यक्ष जगत पहारीले पर्यटन क्षेत्रमा व्यवसायी महिलाको योगदानको महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले विभिन्न जिम्मेवारी तथा भूमिकालाई व्यवस्थापन गर्ने कला महिलामा रहेको बताउँदै डिजिटल मार्केटिङ सम्बन्धी तालिमले थप ज्ञान हासिल गराउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले समयको माग अनुसार प्रविधिको विकासमा ध्यान दिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय अधिकांश पाहुनाले सोसल साइटको प्रयोग गर्ने भएकाले व्यवसायीले पनि यस सोसल साइटका माध्यमबाट व्यवसायको प्रवर्द्धन जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

पोखरा पर्यटन परिषदका महासचिव रामचन्द्र शर्माले पर्यटन फराकिलो क्षेत्र भएकाले यसमा आवद्ध व्यवसायीमा प्रविधिको ज्ञान हुन जरुरी रहेको बताउनुभयो । उहाँले समयअनुसारको हरेक क्षेत्रका अब्बल राख्दै आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्नुपर्ने उहाँको भनाइ थियो ।

संघका संस्थापक अध्यक्ष लक्की कार्कीले ज्ञान र सीप हुने हो भने महिला हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न सफल हुने धारणा राख्नुभयो । उहाँले अरुमा निर्भर नभइ आफै सवल हुने सके महिलामाथि हुने हिंसा पनि कम हुने विश्वास व्यक्त गर्नुभयो ।

संघका कार्यबाहक अध्यक्ष कमला गिरीले व्यावसायिक सफलता हासिल गर्नका लागि महिलाको दक्षता तथा क्षमता अभिवृद्धि आवश्यक रहेकाले तालीमको आयोजना गरिएको बताउनुभयो । दुई दिने सो तालीममा प्रशिक्षक उज्जल पौडेले डिजिटल मार्केटिङका फाइदा र यसको प्रयोगको बारेमा प्रशिक्षण दिनुभएको महासचिव शोभा पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रमका संयोजक अनिता खड्काले संस्थाका गतिविधि र तालिमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । खड्काका अनुसार कार्यक्रममा ७० महिलाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…