Logo बैशाख २९, २०७८ बुधबार


प्रेम दिवसमा ‘प्रेमगन्ज’ को घोषणा

काठमाडौं । विगत २५ वर्ष देखि नेपाली चलचित्र जगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल अब निर्माता बन्ने भएका छन् । उनले प्रेम दिवसको अवसरमा आफ्नो सामाजिक सञ्जालफेसबुक मार्फत चलचित्र ‘प्रेमगन्ज’ को औपचारिक घोषणा गरेका हुन् । चलचित्र प्रेम कथामा आधारित हुने बताइएको छ ।

फुयाँल अहिले एक भोजपुरी चलचित्रका निम्ति इन्डियामा छन् । उनले सगुन देखि ‘ए मेरो हजुर ३’ सम्म आउदा लगभग तीन सय बढी चलचित्रमा काम गरिसकेका छन्। उनि चलचित्र क्षेत्रमा पाईला राख्दा जम्मा ११ बर्षका थिए । आफ्नो जीवनको आधि हिस्सा चलचित्र क्षेत्रलाई दिएका राजुलाई अब चलचित्र क्षेत्रले के दिन्छ ? त्यो भने अब हेर्न बाकीं छ ।

परिच्छेद सेनको निर्देशनमा बन्न लागेको चलचित्रका कार्यकारी निर्माता अनन्त मान श्रेष्ठ हुन् । चलचित्रका कलाकार भने फाइनल हुन बाँकी रहेका छन् । चलचित्र ‘चलचित्र चौतारी’ को ब्यानरमा निर्माण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…