Logo बैशाख ३१, २०७८ शुक्रबार


नेकपा आन्दोलनरत् समूहले भन्यो– ‘नेकपाको विवाद समाधान नगरी निर्वाचन हुन सक्दैन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्दानेलनरत् समूहले नेकपाको विवाद समाधान नगरी निर्वाचन हुन नसक्ने बताएको छ । निर्वाचन आयोगले बोलाएको निर्वाचन आचार संहिताबारे छलफलमा सहभागी बन्दै आन्दोलनरत् समूहका नेता लिलामणि पाेखरेलले वर्तमान अवस्थामा निर्वाचन हुन नसक्ने बताउनुभएकाे हो ।

आन्दोलनरत समूहबाट छलफलमा सहभागी हुनुभएकाे नेता पोखरेलले आयोगले दलको विवाद निरुपण गर्नुको विकल्प नभएको बताउनुभयो।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै विभाजनको अवस्थामा पुगेको नेकपाको दुबै समूहले आफ्नो समूहको निर्णय राजनीतिक दलसम्बन्धी किताबमा अद्यावधिक गर्न आयोगलाई आग्रह गरेका थिए, तर आयोगले ११ माघमा दुबैको दाबीलाई मान्यता नदिने निर्णय गरेको थियो ।

त्यसलाई नै आधार मानेर आफूहरुले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार निवेदन दिएको भन्दै नेता पोखरेलले भन्नुभयाे, ‘दलको ६४ प्रतिशत मत भएको दलबारे टुंगो नगरी कहाँ गएर चुनाव गर्नुहुन्छ ? भनेर सोधेका छौं । उहाँहरुले जवाफ दिन्छौं भन्नु भएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…