Logo बैशाख ३१, २०७८ शुक्रबार


नेकपाद्वारा प्रतिगमनविरूद्ध चौथो चरणको आन्दोलन घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्दोलनरत् समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (आइतवार) बसेको केन्द्रीय संघर्ष समितिको बैठकले चौथो चरणको आदोलनको घोषणा गरेको हो ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको प्रतिगमनकारी निर्णयको विरुद्ध  फागुन ५ देखि १५ गतेसम्म काठमाडाैं लगायत मुलुकभर विरोध प्रदर्शन, सभा तथा हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ। १५ गतेसम्म संघीय राजधानी र प्रदेश राजधानीमा दैनिक जसो विरोध प्रर्दशनका कार्यक्रम हुने भएका छन् । आन्दोलनरत् समूहले प्रतिगमनविरुद्ध फागुन १२ गते चितवन र २१ गते दाङमा ठूलो विरोध प्रर्दशन गर्ने भएको छ । संविधान र लोकतन्त्रको पक्ष तथा सरकारको प्रतिगमन विरुद्ध फागुन ७ देखि १५ गतेसम्म हस्ताक्षर कार्यक्रम गरिने भएको छ ।

फागुन ८ गते काठमाडाैंमा प्रतिगमनविरुद्ध वृहत अन्तरक्रिया गर्ने, फागुन ६ गते प्रतिगमन, मंहगी र भ्रष्टाचार विरुद्ध टुँडिखेल वरिपरि मानवसाङ्लोसहित अपरान्ह १ घण्टा विरोध प्रर्दशन गर्ने, फागुन ५ देखि १२ गतेसम्म सम्बन्धित प्रदेश जिल्ला कमिटीले प्रतिगमन विरुद्धका कार्यक्रम गर्ने, फागुन ७ गते मुलुकभरका सबै पालिकाका वडा कार्यालयमा विरोध प्रर्दशन गर्ने, फागुन ९ गते प्रतिगमन र महिला हत्या, हिंसा एंव बलात्कार विरुद्ध काठमाडाैं उपत्यकासहितन देशव्यापी प्रर्दशन गर्ने, फागुन १० गते दलित मोर्चाको तर्फबाट काठमाण्डौ उपत्यका सहित देशव्यापी विरोध गर्ने कार्यक्रम घाेषणा गरिएकाे छ ।

त्यस्तै, फागुन ११ मधेसी, आदिवासी, जनजाति, महिला, मुस्लिम, थारु पिछडिएको क्षेत्र लगायत उत्पीडित समुदायको पहिचान झल्किने झाँकीसहित प्रर्दशन गर्ने, १४ गते काठमाडाैंमा वृहत युवा र्याली र १५ गते किसान सुकुम्बासी मोर्चाको तर्फबाट विरोध कार्यक्रम गरिने भएको छ ।

नेपालगञ्ज र जनकपुरमा पनि ठूलो सभा गर्ने तयारी गरेको छ । ती स्थानमा गरिने सभाको मिति पटि टुंगो लगाउने केन्द्रीय संघर्ष समितिका प्रवक्ता योगेश भट्टराईले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलेको असंवैधानिक र निरंकुश कदम,अलोकतान्त्रिक ढंगले जारी गरेको अध्यादेश मार्फत संवैधानिक निकायका पदाधिकी नियुक्त गरी संविधान र कानुनको ठाडो उलंघन गर्ने काम भएको भन्दै ती सबै नियुक्ति खारेजी गरी संविधान एवं कानुन कार्यान्वयनको अवस्थामा ल्याउन आफूहरुले देशव्यापी संघर्षको कार्यक्रम गरेको नेता भट्टराईले बताउनुभयो ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचनको घाेषणा गरेपछि नेकपाले प्रतिनिधि सभा पुनर्स्थापनाको माग राख्दै आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…