Logo बैशाख ३१, २०७८ शुक्रबार


प्रतिगमनविरुद्धकाे प्रदर्शन व्यापक बनाउने देउवाको निर्देशन

काठमाडौं । प्रतिगमनविरुद्ध कांग्रेसले गर्न लागेको भोली (सोमवार) को प्रदर्शन व्यापक बनाउन सभापति शेरवहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरूद्धमा कांग्रेसले देशभर गर्न लागेको विरोध प्रदर्शनमा व्यापक सहभागित जनाउने देउवाले निर्देशन दिनुभएको हो ।

सभापति देउवाले आइतवार जारी गर्नुभएको विज्ञप्तिमा नेपाली कांग्रेससँग आवद्ध देशभरका नेता तथा कार्यकर्तालाई प्रदर्शनमा सहभागीका लागि आग्रह गर्नुभएको छ ।

‘भोलिको प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले सफल बनाउन म सबैमा अपिल गर्दछु,’ देउवाले भन्नुभएको छ,‘लोकतन्त्रवादीहरू भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरूद्ध ऐक्यवद्धता प्रकट गर्न आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…