Logo जेठ ३०, २०७८ आइतबार


राजनीतिक स्वार्थका लागि पशुपतिनाथलाई उपयाेग गरियाे : श्रेष्ठ

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्दोलनरत समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पशुपतिनाथलाई राजनीतिक स्वार्थको लागि उपयोग गरिएको बताउनुभएको छ । आइतबार नेकपा केन्द्रीय संघर्ष समितिको चौथो चरणको आन्दोलन घोषणा कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले आफ्ना नेताहरुको प्रस्तुतीलाई गलत ढंगले तोडमोड गरेर धर्म र पशुपतिनाथलाई संकिर्ण राजनीतिक स्वार्थको निम्ति उपयोग गरिएको बताउनुभएको हो ।

पशुपतिनाथ विश्वभरका हिन्दूहरुको आराध्यदेव र आस्थाको केन्द्र भएकाले आफूहरुले सम्मान गर्ने उहाँको भनाइ छ । यस्तो संवेदनशील पक्षलाई निकृष्ट, तुच्छ स्वार्थको निम्ति दुरुपयोग नगर्न पनि उहाँले सम्बन्धित पक्षलाई अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो संविधानले नेपाललाई धर्म निरपेक्ष राज्य भनेको छ, त्यसको अर्थ राज्य धर्मबाट अलग हुने भनेको हो । तर नेपाली जनताको धार्मिक आस्थाको, धार्मिक स्वतन्त्रताको हामी उच्च सम्मान गर्दछौँ र त्यसका निम्ति हामीले संघर्ष पनि गरेका हौँ । हरेक व्यक्तिले धर्म मान्न पाउने छुट छ र हरेक व्यक्तिले आफ्नो सनातनदेखिको वा आफ्नो विवेक अनुसारको धार्मिक आस्था अनुसार अगाडि बढ्न पाउने र त्यसलाई मान्न पाउने छुट छ र त्यसको हामी सम्मान गर्दछौँ ।’

पशुपतिनाथ विश्वभरका हिन्दूहरुको आराध्यदेवको रुपमा लिइन्छ र सबै हिन्दूहरुको आस्थाको केन्द्र भएकाले त्यसको उच्च सम्मान गर्ने बताउँदै श्रेष्ठले भन्नुभयाे, ‘तर हाम्रा नेताहरुको प्रस्तुतीलाई गलत ढंगले तोडमोड गरेर धर्म र पशुपतिनाथ जस्तो धार्मिक संस्थालाई संकिर्ण राजनीतिक स्वार्थका निम्ति उपयोग गर्ने, यस्तो संवेदनशील पक्षहरुलाई निकृष्ट, तुच्छ स्वार्थको निम्ति दुरुपयोग गर्ने काम नगर्न पनि हामी सबै सम्बन्धितहरुलाई अनुरोध गर्न चाहान्छौँ ।’

प्रवक्ता श्रेष्ठले आफूहरु सडक संघर्षमा मात्रै नभई कानुनी मोर्चामा पनि संघर्ष गरिरहेको बताउनुभयो । सरकारले निर्वाचन गराउनको निम्ति निर्वाचनको मिति घोषणा गरेको होइन भन्ने कुरामा स्पष्ट हुन जरुरी रहेको उहाँको भनाइ छ । संघर्ष सफल बनाएर संसद पुनर्स्थापना गर्ने उहाँको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…