Logo बैशाख ३१, २०७८ शुक्रबार


म्यान्मार कू: सेना सडकमा, इन्टरनेट सेवा अवरुद्ध

एजेन्सी । म्यान्मारका सडकमा सेनाका बख्तरबन्द गाडी तैनाथ गरिएका छन्।

स्थानीय समय १ बजे त्यहाँ पछि इन्टरनेट पनि बन्द गरिएको छ। त्यहाँको सैनिक सरकारले फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जाल यसअघि नै बन्द गराइसकेको हाे।

म्यान्मारी सेनाले यही फेब्रुअरी १ देखि नेत्री आङ सान सुची, राष्ट्रपति, मन्त्रीहरूसहित सबै प्रजातान्त्रिक नेतालाई नजरबन्दमा राखेर सत्ता हातमा लिएको विरोधमा भइरहको आन्दोलन अन्त्य गर्न सडकमा सैनिक तैनाथ गरेको अनुमान गरिएको छ।

सैन्य कूविरुद्ध म्यान्मारका नागरिकले देशको उत्तरस्थित काचिनमा लगातार ९ दिनदेखि प्रदर्शन गरिरहेका छन्। यहाँ सुरक्षाकर्मीले प्रदर्शनकारीलाई गोली पनि चलाएको जनाइएको छ ।

संयुक्त राष्ट्र संघका एक अधिकारीले म्यान्मारका सेनाले जनताविरुद्ध युद्ध घोषणा गरेको आरोप लगाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…