Logo जेठ ३, २०७८ सोमबार


सामाजिक सन्जाल व्यवस्थापन निर्देशिका अधिनायकवादतर्फको अर्को फड्को: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकारले सामाजिक सन्जाल व्यवस्थापन गर्न भन्दै ल्याउन लागिएको विशेष निर्देशिकाबारे मुख खोलेको छ । सरकारले यसरी निर्देशिका जारी गरेर अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजेको ठहर गर्दै कांग्रेसले एक विज्ञप्तीमार्फत विरोध जनाएको हो ।

चौतर्फी विरोधका बाबजुद सरकारले ‘सामाजिक सन्जाल व्यवस्थापन निर्देशिका’ का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयक ल्याउने तयारी गरेको भन्दै कांग्रेसले आपत्ति प्रकट गरेको हो । प्रवक्ता विश्व प्रकाश शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरी कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरु जारी गर्न नपाइने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘सामाजिक सन्जाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमती हुन सक्दैन तर त्यसका लागि विद्यमान कानूनभित्रै आवश्यक प्रावधान छँदैछन् । थप व्यवस्था आवश्यक छ भने पनि वृहत्तर विमर्श बेगर, संसद विघटन भएको समयमा निर्देशिकामार्फत जारी गर्नतर्फ लाग्नुले सरकारको नियत माथि गम्भीर प्रश्न उब्जिएको छ ।’

सामाजिक सन्जालमा व्यक्त मतलाई सरकारी आवेगले कारबाहीको दायरामा बाँध्ने तयारी अधिनायकवादतर्फको एक अर्को फड्कोको तयारी भएको पनि कांग्रेसले आरोप लगाएको छ अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैले सजग बन्नुपर्ने पनि विज्ञप्तीमा उल्लेख छ । कांग्रेसले खास गरी सामाजिक सन्जाल प्रयोगकर्ता युवा पुस्तालाई जागरुक हुन आह्वानसमेत गरेको छ ।

विज्ञप्तीमा लेखिए अनुसार प्रस्तावित निर्देशिकाको प्रक्रिया अघि नबढाउन सरकारलाई चेतावनी दिँदै कांग्रेसले आज सरकारविरुद्ध देशभर गर्न लागिएको विरोध प्रदर्शनमा पनि यो मुद्दालाई उठाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…