Logo बैशाख ३१, २०७८ शुक्रबार


सामाजिक सञ्जालमार्फत् ठगी गर्ने गिरोह पक्राउ

शिव बोहोरा
बागलुङ । तपाईले सामाजिक सन्जाल फेसबुक भाइबर, इमो लगायतका अन्य सामाजिक सञ्जाल प्रयोग गर्दै आउनुभएको छ भने ठगीन पनि सक्नुहुनेछ, सावधान भएर सञ्चालका प्रयाेग गर्नुहाेला । भाइबर, इमो, ह्वाट्सएप, फेसबुक जस्ता सामाजिक सञ्जालका माध्यमबाट चिठ्ठा परेको, पार्सल आएको छ भन्दै ठगी गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।

बागलुङ जिल्ला ढोरपाटन नगरपालिका– ६ बस्ने मिना बुढा मगर लाई सात लाख ६१ हजार ठगी गरिएको छ । डाेनल केन्ली नामको फेसबुकबाट म्यासेन्जरमा कुराकानी हुने क्रममा ठगी गर्ने व्यक्ति मिना बुढा मगरलाई सामान पठाई दिएको छु भनेर मोबाइल नम्बरमा कुराकानी भएको थियो ।

whatapps मार्फत कुराकानी हुने क्रममा उक्त whatapps नम्बर बाट ल्यापटपको प्याकेज ६० हजार डलर चिठ्ठा परेको हुँदा उक्त रकम र ल्यापटप समेत पाउनका लागि तपाईंले करको रुपमा अग्रिम केही रकम पठाउनुपर्छ भनी प्रलोभनमा पारेर मिना बुढा मगरले पटकपटक गरी निज पिडकहरु पुरुषोत्तम वाग्ले समेतको नाममा ime तथा ips connect मार्फत ७ लाख ६१ हजार  पठाउन लगाई अन्य रकम समेत माग गरी ठगी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख लोकेन्द्र श्रेष्ठले बताउनुभएको छ ।

कार्तिक २३ गते मिना बुढा मगरले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त गरेपछि ठगी कसुर अनुसन्धानको क्रममा प्रतिवादीहरुलाई पक्राउ गरी उक्त मुद्दामा अन्य प्रतिवादी विदेशी (पाकिस्तान) नागरिक समेत संलग्न रही संगठित रुपमा ठगी गरेको हुँदा अपराधमा परिणात गरी अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पक्राउ पर्नेमा नवलपुरका ३७ वर्षीय पुरूषाेत्तम वाग्ले, वर्ष ४२ का दिनेश पाेखरेल, झापाका प्रदीप सिटाैला, रूकुमका सनताेष श्रेष्ठ तथा मिलन श्रेष्ठ रहेका छन् । यी सबै ठगीका व्यक्तिहरू स्थानीय बासिन्दा तथा स्थानीय प्रहरीकाे सहयाेगमा पक्राउ परेकाे प्रहरीले जनाएकाे छ । अझै ठगीका चार प्रतिवादी फरार रहेकाे प्रहरीले जनाएकाे छ ।

नेपालमा पछिल्लो क्रममा समाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोहको बिगबिगी रहेकाे प्रहरीकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…