Logo असार ४, २०७८ शुक्रबार


कोरोनाविरुद्धको खोप लगाएपछि असर देखिनु सकरात्मक : विज्ञ

काठमाडौं । स्वास्थ्य क्षेत्रका विज्ञहरुले कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिलाई विभिन्न असर देखिनु भनेको खोपले काम गरेको रुपमा बुझ्नुपर्ने बताएका छन् ।

स्वास्थ्य पत्रकार मञ्चले आज आयोजना गरेको कोरोना महामारी र खोपको प्रभावकारिता विषयक कार्यक्रममा विज्ञहरुले खोप लगाएकालाई टाउको दुख्ने, ज्वरो आउने, शरीर दुख्ने, वाकवाकी लाग्ने लगायतका प्रतिक्रिया भएको बताउँदै यी समस्या सामान्य भएको बताएका हुन् ।

खोप विज्ञ डा. श्यामराज उप्रेतीले कोरोनाको दोस्रो डोजको खोप ८ देखि १२ सातापछि लगाउन स्वास्थ्य मन्त्रालयलाई सुझाव दिनुभयो । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री नवराज रावतले कोरोना नियन्त्रणमा अन्य देशको तुलनामा नेपाल सरकार उत्कृष्ट काम गर्न सफल भएको दाबी गर्नुभयो । उहाँले महामारीमा सरकारले केही गरेन भन्नेहरुलाई सोचेको भन्दा धेरै काम गरेर देखाएको बताउनुभयो । फलस्वरुप तोकिएको मितिभन्दा एक महिना पहिला खोप ल्याइएको उहाँको भनाई थियो ।

सरकारले खोप खरिदका लागि बजेट छुट्याइसकेको र आम नागरिकलाई छिट्टै खोप दिने तयारी गरिरहेको रावतको भनाई छ ।
समुदायमा खोप अभियानमा जानुअघि खोपप्रति भएको भ्रमहरु चिर्न आवश्यक रहेको सरुवारोग विशेषज्ञ डा.अनुप बास्तोलाले बताउनुभयो । उहाँले कोरोना भ्याक्सिन लगाए पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई आग्रह गर्नुभयो ।

खोप लगाइ सके पनि सुरक्षाका मापदण्ड भने अपनाउनु पर्नेमा डा. केदार बरालले जोड दिनुभयो । जबसम्म ७० प्रतिशत नागरिकले खोप लगाउँदैनन् तबसम्म सुरक्षा मापदण्ड अपनाउन डा. बरालको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…