पुराना गायक भर्शनमा ‘फूलबुट्टे सारी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । पछिल्लो समयमा भाइरल बनेको गीत ‘फूलबुट्टे सारी’ पुराना गायक भर्शनमा कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा सार्वजनिक भएकाे छ । आजकाल एउटा ‘गीत अनेक भर्शनमा गाउने गरिन्छ । यसको गतिलो उदाहरणको रुपमा रहेको ‘फूलबुट्टे सारी सपक्क पारी’ गीत राजन राज सिवाकोटीको शब्द र संगीतमा मेल भर्शन, फिमेल भर्शन र बेबी भर्शनमा गाइएको गीत पुराना भर्शनमा मदनकृष्ण श्रेष्ठले गाउनु भएको हाे ।
हालसम्म यो गीत मार्मिक लामा, मिलन नेवार, अरिश्मा सिवाकोटीको स्वरमा रेकर्ड भइसकेको छ। मेल, फिमेल, चाइल्ड भर्सन निकालिसकेका यस गीतका संगीतकार तथा गीतकार राजनराज शिवाकोटीको यो गीतले करोडौं भ्यूज नाघिसकेको छ।
मंगलबार बिहान सरस्वती पूजाको साइत पारेर मदनकृष्ण श्रेष्ठको स्वरमा यही गीतको नयाँ भर्शनमा सार्वजनिक भएको छ । सार्वजनिक भएको भिडिओमा मदनकृष्ण श्रेष्ठको स्वरसँगै अभिनयमा अभिनेत्री मिथिला शर्मा र मदनकृष्णकाे जोडीलाई हेर्न सकिन्छ ।
मंगलबार गीत सार्वजनिक भएको बताउँदै श्रेष्ठले ‘पार्केन्शन को कारण मैले गायन क्षेत्रबाट करिब-करिब बिदा नै लिईसकेको थिएँ तैपनि राजन राज शिवाकोटी भाईले ल्याउनु भएको प्रस्तावलाई नकार्न मन लागेन । एक पटक कोशिस गरेर हेरूं न त जस्तो लाग्यो र प्रयास गरेँ’ समाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठले बताउनुभएकाे छ ।
साथै उहाँले ‘यो गीत गाउँदा मलाई न्वारानदेखिको बल निकाल्न परेको थियो हाहा…’ उल्लेख गर्नुभएको छ ।
भिडियाे