Logo बैशाख २९, २०७८ बुधबार


बस दुर्घटनामा ३४ जनाको मृत्यु, १४ बेपत्ता

एजेन्सी । भारतको मध्य प्रदेशमा बस दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको छ । रामपुरनजिकै बाणसागरको नहरमा मंगलबार बिहान बस खस्दा ३४ जनाको मृत्यु भएको हो ।

बसमा रहेका अन्य १४ जना बेपत्ता भएका छन् । स्थानीय बासिन्दा र सुरक्षाकर्मीले अन्य ६ जना यात्रुको उद्धार गरेका छन्। नहरमा पानीको वहाव भएकाले केही यात्रुलाई बगाएको उद्धारमा खटिएका स्थानीय बासिन्दाको भनाइ छ।

बसलाई क्रेनको सहायताले निकालिएको छ। बस निकालेपछि यात्रुका शव भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

सिधी मार्गबाट छुहिया उपत्यका हुँदै उक्त बस सतना भन्ने स्थान जाँदै थियो । सडकमा ट्राफिक जाम भएपछि चालकले रुट परिवर्तन गरी नहरको किनारबाट बस चलाउने क्रममा दुर्घटना भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…