Logo बैशाख २, २०७८ बिहीबार


जनता प्रसारण तथा प्रकाशन लिमिटेडको नवौँ वार्षिकोत्सव समारोह सम्पन्न

काठमाडौं । जनता प्रसारण तथा प्रकाशन लिमिटेडको नवौँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित टेलिभिजनको सभा हलमा मंगलबार एक कार्यक्रम गरी संस्थाको स्थापना दिवस मनाइएको हो ।

स्थापना दिवसको अवसरमा संस्थाले सर्वोत्कृष्ट, उत्कृष्ट र सेवा पुरस्कार गरी नौ जना कर्मचारीलाई सम्मान गरेको छ । टेलिभिजनका डेक्स सम्पादक विनोद लामिछाने सर्वोत्कृष्ट कर्मचारी पुरस्कारबाट सम्मानित हुनुभएकाे छ। त्यसैगरी प्राविधिक/आइटीका सुलभ मगर उत्कृष्ट पुरस्कारबाट सम्मानित हुनुभएकाे छ ।

संस्थाले सात जना कर्मचारीलाइ सेवा पुरस्कारबाट पुरस्कृत गरेकाे छ । सेवा पुरस्कार पाउनेमा विमला चौधरी, जनक कार्की, विष्णु थापा, हरि सिलवाल, समीर तिमिल्सिना, मोहनप्रसाद मैनाली र जिल्ला संवाददातामध्येबाट सप्तरी विद्यानन्द राम रहेका छन् ।

कम्पनीले स्थापना दिवसकाे अवसरमा यसै हप्ता विज्ञापन एजेन्सीसँग पनि कार्यक्रम गर्ने छ । स्थापना दिवसकाे तेस्राे तथा अन्तिम कार्यक्रम सामयिक विषयमा राष्ट्रिय स्तरकाे छलफल गर्ने कम्पनीका अध्यक्ष डा.विजयकुमार पाैडेलले जानकारी दिनुभयाे ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…