Logo जेठ ३, २०७८ सोमबार


‘ओलीको प्रतिगामी कदमविरुद्ध संयुक्त आन्दोलन आवश्यक’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्दोलनरत पक्षका स्थायी समिति सदस्य देवेन्द्रराज पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमविरुद्ध संयुक्त आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले दुई तिहाइको मतको व्यवस्थापन गर्न नसक्ने प्रधानमन्त्री ओलीविरुद्ध सम्पूर्ण शक्ति एक हुनुपर्ने बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीलाई अहिले काशी जाने कुतीको बाटो जस्तो भएको छ ।’

‘प्रधानमन्त्रीले हठात् प्रतिनिधिसभा भंग गर्ने काम गर्नुभयो र हठात् निर्वाचनको घोषणा गर्ने जुन घोषणा भएको छ । हामी सबैले बुझेकै हौं । यो घोर निन्दनीय छ’,उहाँले भन्नुभयो, ‘यो अलोकतान्त्रिक कदम हो । असंवैधानिक कदम हो । यो कदमको हामीले डटेर सामना र प्रतिकार गर्नुपर्छ ।’

संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार कतैपनि नदिएको नेता पौडेलेको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…