Logo असार ४, २०७८ शुक्रबार


चैत २ देखि ७ सम्म देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिता हुने

काठमाडाैं । देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता चैत पहिलो साता हुने भएको छ । स्पिन इभेन्ट्स प्रालिले मंगलबार पत्रकार सम्मेलन गरेर देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिता चैत २ देखि ७ गतेसम्म सञ्चालन गर्ने बताएको हो ।

अखिल नेपाल टेबल टेनिस संघको प्राविधिक सहयोग साथै वार्षिक कार्यक्रम अन्तर्गत रहेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगितामा देश भरका वडाहरुबाट कम्तिमा १ हजार खेलाडीहरुको सहभागिता रहने आयोजकले बताएको छ । प्रतियोगितामा मेन्स युगल, वुमेन्स युगल टिम, वुमेन्स युगल, मेन्स एकल, वुमेन्स एकल, मेन्स भेट्रान एकल (४० वर्षमाथि) र मेन्स भेट्रान्स एकल (५५ वर्षमाथि)को स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा वर्तमान शीर्ष १६ वरीयता प्राप्त टेबल टेनिस खेलाडी बाहेकका अन्य खेलाडीहरूले भाग लिन सक्नेछन् । प्रतियोगिताको मेन्स र वुमेन्स एकलतर्फ प्रथम, द्वितीय र तृतीय (दुबै सेमी–फाइनलिष्ट) हरूले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

भेट्रान्स एकलतर्फ प्रथम, द्वितीय र तृतीय (दुबै सेमी–फाइनलिष्ट­­) हरूलाई क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय प्रदान गरिने आयोजकले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…