Logo जेठ ३०, २०७८ आइतबार


अमेरिकामा हिमआँधीबाट २३ को मृत्यु, टेक्सासमा विद्युत बन्द

एजेन्सी । अमेरिकाका मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधी कारण २३ जनाको मृत्यु भएको छ । हिमआँधीकै कारण टेक्सास राज्यमा विद्युत सेवा पनि बन्द भएको छ ।

मंगलबारबाट शुरु भएको आँधी आइतबारसम्म रहने जनाइएको छ । आँधीले कोरोनाविरुद्धको खोप वितरणमासमेत प्रभाव पारेको छ ।

टेक्सास, लुसियाना, केन्टुकी र मिजौरीलगायतका राज्यमा २३ जनाको मृत्यु भएको छ भने नर्थ क्यारोलाइना, ओरेगन राज्यमा पनि यसको असर परेको जनाइएकाे छ ।

बिजुली नभएपछि मानिसहरूले कोठा तताउन पाएका छैनन् भने इन्टरनेटको पहुँचबाट पनि बाहिरिएका छन्। तापक्रम माइनसमा झरेपछि सडकमा गाडी चलाउन पनि कठिन भएको छ। सुपरमार्केटहरूमा मानिसको भीड लाग्न थालेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…