Logo बैशाख ५, २०७८ आइतबार


उखुको जुसबाटै राम्रो आम्दानी

काठमाडौं । पश्चिम रुकुम मुसिकोट नगरपालिका–१३ निवासी गोविन्द रोकायले वैदेशिक रोजगारीबाट फर्केर सुरु गरेको उखु खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । ७ वर्ष विदेश बसे पनि सोचेजस्तो कमाइ गर्न नसकेपछि रोकाय गाउँ फर्केर यो खेती सुरु गरेका हुन ।

घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा ३ बिघा जमिन भाडामा लिएर तीन वर्ष अघिदेखि व्यावसायिक उखुखेती सुरु गरेका रोकायले      खासगरी उखुको जुसबाट राम्रो आम्दानी भइरहेको बताउने गरेका छन् । रोकायले भाडामा लिएको जमिनको वार्षिक प्रतिकठ्ठा तीन हजारका दरले भाडासमेत तिर्ने गरेका छन् ।

‘रोजगारीका लागि दुई पटक गरेर मलेसिया र साउदी गएँ तर त्यहाँ सोचेजस्तो कमाइ भएन,’ उनले भने, ‘जसले गर्दा मलाई स्वदेश फर्किएपछि पुनः विदेश जाने रहर जागेन ।’ रोकाय मलेसियामा चार वर्ष र साउदी अरबमा तीन वर्ष गरी सात वर्ष विदेश बसेका थिए । उनले विदेशको थोरै कमाइ र घरायसी आम्दानीबाट जम्मा भएको पैसा लगानी गरेर व्यावसायिक उखुखेती सुरु गरेको बताएका छन् ।

हरियाली कृषि फर्म दर्ता गरेर व्यावसायिक उखुखेतीमा लागेका रोकाय दाङमा आफ्नै जमिन नभएको र कतैबाट अनुदान पनि प्राप्त नभएको गुनासो गर्छन् । ‘उखुको जुस बेचेर ठिकै आम्दानी भइरहेको छ, यसलाई विस्तार गर्न चाहेको छु,’ उनले भने । उनले उखुको जुस प्रति गिलास ५० रुपैयाँ र खुदो प्रतिकिलो ३ सय रुपैयाँका दरले बिक्री गर्ने गर्ने गरेको समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।