Logo जेठ ३०, २०७८ आइतबार


घुम्ती शैक्षिक लेखाजोखा टोली गठन

बाँके । बाल विकासदेखि कक्षा ३ सम्मका अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाइ पठन सीप सुधार गर्नका लागि नेपालगञ्जमा शैक्षिक लेखाजोखा टोली गठन गरिएको छ ।

शिक्षाको पहुँचबाट बाहिर रहेका अपाङ्ता धेरै बालबाकिाको अवस्था विकराल रहेकाले अवस्थामा सुधार ल्याउन नगरमा शैक्षिक घुम्ती लेखाजोखा टोली गठन गरएको नेपालगञ्ज उपमहानगरका उपमेयर उमा थापा मगरले बताउनुभयो । उहाँले शिक्षाको पहुँचबाट बाहिर रहेका अपाङ्ता भएका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याई बालबालिकाको पठन सीप सुधारका लागि सो टोलीले विशेष काम गर्ने बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख रामसुरेश यादवले शिक्षाको पहुँचबाट बाहिर रहेका अपाङ्ता भएका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने कार्य चुनौतिपूर्ण रहेपनि सबै मिलेर काम गरे उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोरखबहादुर थापाको संयोजकत्वमा गठन भएको घुम्ती शैक्षिक लेखाजोखा टोलीमा स्वास्थ्य शाखाबाट १ जना, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाबाट १ जना, स्वास्थ्यकर्मी १ जना र नगरस्तरीय बाल क्लब सञ्जालबाट १ जना रहेका छन् । टोलीले छिटै बैठक राखेर आफ्नो काम शूरु गर्ने टोलीका संयोजक तथा नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख थापाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…