Logo बैशाख ३१, २०७८ शुक्रबार


नेकपाको चौथो चरणको आन्दोलन : यस्ता छन् संघर्षका कार्यक्रम

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले आजदेखि चौथो चरणको आन्दोलन शुरु गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि आन्दोलित हुँदै आएको नेकपाले त्यसलाई प्रतिगमनकारी कदम भन्दै प्रतिरोध गरिरहेको हो ।

नेकपाले चौथो चरणको घोषणा गर्दै आजदेखि २१ गतेसम्म जिल्ला स्तरीय विरोध प्रदर्शन तथा सभा लगायतका विरोध कार्यक्रम तय गरिसकेको छ । त्यसै अन्तर्गत भोलि (बिहीवार) राजधानीको टुंडिखेललाई मानव साङ्लोले घेर्ने नेकपाको तयारी छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार फागुन ७ मा सबै वडामा विरोध कार्यक्रम राखिएको छ । त्यस्तै, फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने कार्यक्रम छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड-नेपाल समूह निरन्तर आन्दोलनमा छ। नेकपाले संसद पुन: स्थापनाका लागि दबाब दिने उद्देश्यले गत माघ २८, माघ ९ र पुस १३ मा काठमाडौँमा विशाल प्रदर्शन गरेको थियो। काठमाडौं बाहिरका ठूला शहरहरुमा पनि विरोध प्रदर्शन र सभाहरु आयोजना गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…