पुनः वैदेशिक हस्तक्षेप बढ्दैछ : प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले देशमा पुनः वैदेशिक हस्तक्षेप बढ्दै गएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत बुधबार प्रवक्ता श्रेष्ठले देशभित्रकै निरङ्कुश तत्वबाट विदेशी शक्ति आमन्त्रण भएको र विदेशी हस्तक्षेप बढ्न थालेको बताउनुभएको हो ।
उहाँले संविधान र लोकतन्त्रमाथि मात्र प्रहार नभएर पुनः वैदेशिक हस्तक्षेप बढ्दै गएको उल्लेख गर्नुभयाे । प्रवक्ता श्रेष्ठ लेख्नुहुन्छ, ‘सत्तास्वार्थले अन्धा भएका निरंकुश तत्वबाट विदेशी शक्तिलाई आमन्त्रण गर्ने र तीनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भइरहेको छ।’
उहाँले विदेशी शक्तिहरु कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भनेर सुक्ष्म व्यवस्थापनमा चासो दिँदै क्रमशः हस्तक्षेप बढाइरहेको उल्लेख गर्नुभयाे ।
प्रवक्ता श्रेष्ठले प्रतिगमन र वैदेशीक हस्तक्षेपलाई परास्त गरी राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न सम्पूर्ण देशभक्तहरुमा आग्रह समेत गर्नुभएको छ ।