विश्वमै दुर्लभ ‘ब्ल्याक प्यान्थर’ काभ्रेमा भेटियो

धुलिखेल । नेपालमा विश्वमै दुर्लभ ब्ल्याक प्यान्थर फेला परेको छ ।
काभ्रेमा वयस्क ब्ल्याक प्यान्थर मृत अवस्थामा फेला परेको हो । काभ्रेजिल्लाको पलाञ्चोक भगवती नजिकै चार पिपलमा ब्ल्याक प्यान्थर मृत अवस्थामा स्थानीयले फेला परेका हुन् । यसबारेमा जिल्ला वन कार्यालय काभ्रेले थप अनुसन्धान शुरु गरेको छ ।
चितुवा वर्गमा पर्ने कालो चितुवा अर्थात ब्ल्याक प्यान्थर एसिया र अफ्रिका लगायतका जंगलमा पाइन्छ । तर यो अत्यन्त दुर्लभ वन्यजन्तुमा पर्दछ ।