Logo बैशाख ३१, २०७८ शुक्रबार


संसद विघटनविरुद्ध विवेकशीलले हरेक दिन एकोहोरो शंख फुक्दै

काठमाडौं । विवेकशील साझा पार्टीले प्रतिनिधि सभा विघटनविरुद्ध हरेक दिन एकोहोरो शंख फुकेर प्रदर्शन गर्दै आएको छ । विवेकशील साझाले गत फागुन २ गतेदेखि हरेक दिन दिउँसो ४ बजे रत्नपार्कमा शंख फुकेर विरोध प्रदर्शन गर्दै आएको हो ।

पार्टीका संयोजक मिलन पाण्डेले ‘असंवैधानिक कदमविरुद्ध सशक्त अभियान, अधिनायकवाद विरुद्ध एकोहोरो शंख फुकेर प्रदर्शन’ भन्ने नाराका साथ प्रदर्शन गर्न थालेको बताउनुभयो ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीले विभिन्न विरोधका कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…