Logo जेठ ३०, २०७८ आइतबार


भारतीय गृहमन्त्री शाहको अभिव्यक्तिप्रति नेकपा आन्दोलनरत पक्षको गम्भीर आपत्ति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्दोलनरत पक्षले नेपालमा आफ्नो पार्टीको सरकार बनाउने भारतीय गृहमन्त्री अमित शाहको अभिव्यक्ति प्रति आपत्ति जनाएको छ ।

नेकपाको आन्दोलनरत पक्षले आज एक विज्ञप्ती जारी गर्दै भाजपाले नेपालमा पार्टी विस्तारको योजना बनाएको भन्ने शाहको अभिव्यक्तिप्रति गम्भिर आपत्ति जनाएको हो । नेकपाले यस्ता अभिव्यक्तिले दुई देशको सम्बन्धमा नकारात्मक असर गर्ने भएकाले स्थिति स्पष्ट पार्न भारतीय गृहमन्त्री शाहलाई समेत आग्रह गरेको छ ।

केही दिन अघि भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले एक सार्वजनिक कार्यक्रममा भारतीय जनता पार्टी भाजपाका अध्यक्ष एवं गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा भाजपाको संगठन विस्तार गरी सरकार गठन गर्ने अभिव्यक्ति दिनुभएको खुलासा गर्नु भएको थियो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यस प्रकारको अभिव्यक्तिप्रति नेकपाले गम्भीर आपत्ति प्रकट गर्दै कडा विरोध गरेको बताउनुभयो । विज्ञप्तिमा भारत सरकार र अमित शाहले प्रष्टीकरण दिनुपर्ने माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…