Logo बैशाख ३१, २०७८ शुक्रबार


भारतीय वन रक्षकको हिरासतमा रहेका नेपालीको सशस्त्र प्रहरीद्वारा उद्धार

जुद्ध चौधरी

पुनर्वास । भारतीय वन रक्षकको नियन्त्रणमा रहेका एक नेपालीलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका–६ बस्ने ३० वर्षीय देवराज चौधरीको सशस्त्र प्रहरीले बुधबार उद्धार गरेको हो ।

पुनर्वास नगरपालिकाको स्वामित्वमा रहेको वार्ड नं. ९ मा अवस्थित प्यारा तालमा माछा मार्ने क्रममा भारतीय वन रक्षकले चौधरीलाई मंगलवार नियन्त्रणमा लिएको थियो । बुधवार दिउँसो १२ बजे भारतको सुटिया रेन्जर पोष्टबाट उद्धार गरिएको सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक रामबहादुर बमले बताउनुभयो ।

नेपाली भूमिमै पर्ने प्यारातालमा माछा मार्दा समेत भारतको ज्यादती सहनु पर्ने गरेको स्थानियको गुनासो छ । प्यारातालामा माछा मार्नका लागि पुनर्वास नगरपालिकाले टेन्डर आह्वान समेत गरिसकेको अवस्थामा भारतीय वन रक्षकले हस्तक्षेप गर्नु निन्दनीय रहेको स्थानियहरू बताउँछन ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…