Logo जेठ ३०, २०७८ आइतबार


खाना खाँदा सर्किएर व्यवसायी अग्रवालको निधन

सिरहा । अग्रज व्यवसायी राधेश्याम अग्रवालको निधन भएको छ । गोलबजार नगरपालिका–४ स्थित आफ्नै निवासमा ७३ वर्षको उमेरमा व्यवसायी अग्रवालको निधन भएको हो ।

उहाँ लामो समयदेखि व्रेनह्यामरेजबाट पीडित हुनुहुन्थ्यो । खाजा खाने क्रममा सर्केर वेहोस भएका बुबाको फेरि होस नआएको उद्योग बाणिज्य संघ गोलबजारका अध्यक्ष समेत रहेका उहाँका कान्छा छोरा भरत अग्रवालले जानकारी दिनुभयो ।

छोरा अग्रवालले भन्नुभयो, ‘करिव १४ वर्ष अघि ब्रेनह्यामरेजका कारण शारिरीकरुपमा केही कठिनता भएपनि बुवा आफैँ हिँड्डुल गर्नुहुन्थ्यो । आज विहानको खाजा खान बसेका बेला एक्कासी बेहोस हुनुभयो । बेहोस भए लगतै घरमै चिकित्सक बोलाएर जचाँउदा मृत्यु भइसकेको रहेछ ।’

गोलबजारको व्यवसायीक क्षेत्रमा अव्वल मानिने अग्रवाल गोलबार उधोग व्यापार संघका संस्थापक उपाध्यक्ष समेत हुनुहुन्छ । विभिन्न पेसामा रहनुभएका उहाँ पछिल्लो पटक सुनचाँदी व्यवसायमा हुनुहुन्छ । अग्रवालकी श्रीमती, तीन छोरा र एक जना छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।