Logo ११ श्रावण २०७८, सोमबार


९ सय ४० भूकम्पपीडित लाभग्राही सूचीबाट हट्दै

फाइल तस्बिर

लमजुङ । निजी आवास पुनर्निर्माणका लागि लाभग्राही सूचीमा परेका तर सम्झौता गरेर १५ पुससम्म पहिलो किस्ता नलिएका भूकम्पपीडित लाभग्राही सूचीबाट हट्ने भएका छन् । जिल्लाका नौ सय ४० भूकम्पपीडित लाभग्राही सूचीबाट हट्ने भएका हुन् ।

लाभग्राही सूचीमा परेकामध्ये पूर्ण क्षतितर्फ ६ सय १८ जना र आंशिक क्षतितर्फ तीन सय २२ जनाले अझै पनि सम्झौता नगरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ लमजुुङले जनाएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकोे लाभग्राहीको सूचीमा परे पनि गत मंसिर मसान्तसम्म अनुदान सम्झौता नगरेका र अनुदान सम्झौता गरेर पनि १५ पुससम्म पहिलो किस्ता नलिएका भूकम्पपीडितको नाम स्वतः लाभग्राही सूूचीबाट हट्ने निर्णय गरेसँगै लमजुङका नौ सय ४० लाभग्राही सूचीबाट हट्ने भएको समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- भेटघाटमा दिनबित्नेछ । शंकाले प्रेममा बाधा गर्नेछ । अलमलमा दिन बित्नेछ वृष- सरसामान हराउन सक्नेछ । अनावस्यक धन खर्च…

मेष– मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ ।  पारीवारिक कठिनाइ हुनेछ । वृष– स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन सक्नेछ…

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- बोलीको प्रभावले फाइदा हुनेछ । धनको कारोबार बढ्नाले आर्थिक झन्झट कम हुनेछ । वैवाहिक सुख मिल्ने एवम् इष्टमित्रबाट सहयोग…

काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज युथफोर्सको भ्याली कमाण्ड घोषणा गरेको छ । काठमाडौंको बबरमहलस्थित…