Logo जेठ ३०, २०७८ आइतबार


कोरोना महामारीमै विदेश जाँदै युवा

सांकेतिक तस्बिर

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अझ सेलाएको छैन। कतिपय मुलुक त बन्दाबन्दीमै छन्। नेपालमा भर्खर खोप अभियान सुरु भए पनि यसको त्रास कायमै छ तर कोरोना सन्त्रासकै बीच वैदेशिक रोजगारीका क्रममा तेस्रो मुलुक जाने युवाको सङ्ख्या उत्तिकै छ।

कोरोना महामारी सुरु भएयता सुर्खेतका एक हजार ३ सय ७३ युवाले राहदानी लिएका छन् । तीमध्ये ४ सय ९२ ले दु्रत माध्यमबाट राहदानी लिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ। कार्यालयका सूचना अधिकारी श्रीशम्शेर रानाले स्वदेशमा रोजगारीका अवसर नभएकाले युवा विदेशिने क्रम नरोकिएको बताउनुभयाे।

‘कोरोना महामारीमा घर फर्केका पनि महामारी नसकिँदै विदेशतिर गएको पाइयो’, उहाँले भन्जुभयाे, ‘गाउँघरमै रोजगारीको भरपर्दो अवसर पाएको भए विदेश जाने क्रम केही रोकिन्थ्यो ।’ विदेशबाट फेर्केका युवालाई लक्षित गरी आयआर्जन तथा रोजगारीका कार्यक्रम सञ्चालन गर्न ढिलाइ गर्दा युवा पुनः विदेशतर्फ लागेको उहाँको भनाइ छ।

त्यस्तै श्रम तथा रोजगार कार्यालयले पछिल्लो छ महिनामा कर्णालीका २ सय भन्दा बढी युवाले पुनः श्रम स्वीकृति लिएको जनाएको छ। पछिल्लो तीन वर्षको तथ्याङ्कलाई केलाउने हो भने कर्णालीबाट पुनः श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या बढ्दो छ। श्रम तथा रोजगार कार्यालयका अनुसार आर्थिक वर्ष २०७५ र ०७६ मा ९ सय २६ ले श्रम स्वीकृति लिएका छन् ।

कार्यालय प्रमुख सुनिता दर्लामीले यो सङ्ख्या बढेर गत आर्थिक वर्ष २०७६ र २०७७ मा दुई हजार २६ ले पुनः श्रम स्वीकृति लिएको जानकारी दिईन्। पुनः श्रम स्वीकृति लिनेमा संयुक्त अरब इमिरेट्स, साउदी अरब, दुबई, कतार, मलेशियालगायत खाडी मुलुक जाने छन्। खाडी मुलुकमात्र नभई छिमेकी मुलुक भारतमा रोजगारीका लागि जानेको सङ्ख्या पनि बढी छन्। रासस

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…