Logo बैशाख २, २०७८ बिहीबार


राष्ट्रिय परिचयपत्रका लागि ७० हजारको नाम

उदयपुर । राष्ट्रिय परिचयपत्र बनाउने कार्य अन्तर्गत जिल्लामा हालसम्म झण्डै ७० हजारको नाम दर्ता भएको छ । गत पुस पहिलो सातादेखि सुरु परिचयपत्र बनाउन फाराम भर्नेको संख्या जिल्ला प्रशासन, त्रियुगा नगरपालिका र कटारी नगरपालिका गरी ३ ठाउँमा परिचालित टोलीमार्फत भर्न लगाइएको थियो ।

गृह मन्त्रालयले खटाएको प्राविधिक टोलीले पुस ११ गतेदेखि जिल्ला प्रशासनबाट परिचयपत्र बनाउन विवरण संकलन थालेको हो । सुरुको १५ दिनसम्ममा फाराम भर्नेको अनियन्त्रित भीड बढेपछि त्रियुगा र कटारी नगरपालिकामा पनि टोली परिचालन गरी नाम दर्ता अभियान थालिएको हो । पुस ११ देखि माघ मसान्तसम्म ६९ हजार ५ सय ३० जनाले परिचयपत्र लिनका लागि नाम दर्ता गराएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनुभयो ।

अहिलेसम्म जिल्ला प्रशासनबाट ४ हजार ५८ जना, त्रियुगा नगरपालिकाका २६ हजार १५ र कटारी नगरपालिकाबाट २९ हजार ४ सय ५७ ले परिचयपत्र पाउन नाम दर्ता गराएको पाण्डेले बताए । नागरिकले आ–आफ्नो गाउँ तथा नगरपालिकाका वडा कार्यालय तथा तोकिएको पायक पर्ने केन्द्रमार्फत विवरण भरेर परिचयपत्रको नाम दर्ता गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।

प्रशासकीय अधिकृत भक्तबहादुर राईले परिचयपत्रका लागि सदरमुकामबाहिरका सेवाग्राहीले पनि जिल्ला प्रशासन आएर विवरण फाराम भर्न सक्ने व्यवस्था मिलाइएको बताउनुभयो । उहाँका अनुसार विभिन्न कारण आफ्नो वडा पुग्न नसक्ने, नभ्याउनेका लागि प्रशासनमै आएर विवरण भर्न पाउने व्यवस्था मिलाइएको छ । परिचय पत्रका लागि फाराम भर्न सरदर दैनिक ५ सयदेखि १ हजारसम्म आउने गरेका छन् ।

परिचयपत्रको महत्वबारे धेरैलाई जानकारी नभएकाले यसबारे जनचेतना जगाउँदै नाम दर्ता अभियान जारी राख्ने प्रशासनको भनाई छ । प्रशासनले विवरण भरेर दर्ता भएको नामले बढीमा ३ महिनाभित्र डिजिटल सेवासहितको परिचयपत्र प्रशासन वा आआफ्नो वडा कार्यालयमार्फत पाउने बताएको छ । तथ्यांक शाखा गाईघाटका अनुसार उदयपुरमा राष्ट्रिय जनगणना २०६८ अनुसार ३ लाख १७ हजार ५ सय ३२ जनसंख्या रहेकोछ । नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।