Logo असार १, २०७८ मंगलबार


कोभिड -१९ विरुद्दको चिनियाँ खोपलाई नेपालमा प्रयोगको अनुमति

काठमाडौं । कोभिड -१९ विरुद्दको चिनियाँ खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ ।

बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पोरेसनले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिएको हो ।

औषधि व्यवस्था विभागका अनुसार ‘भेरोसेल’ नामक खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिइएको हो। १६ जनवरी, २०२१ मा याे खोपलाई अनुमति दिइएको विभागले जनाएकाे छ ।

चीनले नेपाललाई ५ लाख डोज खोप अनुदानमा दिने घोषणा गरिसकेको छ। नेपालको अनुमतिपछि चिनियाँ खोप नेपालमा प्रयोगका लागि बाटो  खुलेको छ ।

नेपालले केही समयदेखि भारतले अनुदानमा पठाएको १० लाख डोज कोभिसिल्ड खोप प्रयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।