Logo जेठ ३, २०७८ सोमबार


प्रधानमन्त्रीकाे निर्वाचन घोषणा दुई सय प्रतिशत उपयुक्त : नेम्वाङ

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई सय प्रतिशत उपयुक्त लागेर निर्वाचनको घोषणा गर्नुभएको बताउनुभएको छ । इलाममा बुधबार आयोजित नेकपा कार्यकर्ता भेटघाटमा नेता नेम्वाङले प्रधानमन्त्रीले घोषणा गरेपछि निर्वाचन हुने पक्का भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन घोषणा गर्ने काम दुई सय प्रतिशत उपयुक्त लागेर गर्नुभएको हो ।’ नेता नेम्वाङले सवोच्च अदालतले यस बारेमा अन्तरीम आदेश नदिनु भनेको निर्वाचन सम्बन्धी काम गर्दै गर्नु भनेको हो भन्ने दाबी गर्नुभयो । उहाँले सबैलाई चुनावी कार्यक्रममा जुट्न आग्रह समेत गर्नुभयो ।

निर्वाचन हुने कुरामा आफू विश्वस्त रहेको बताउँदै उहाँले सबैलाई निर्वाचनका लागि तयारी रहन आग्रह गर्नुभयो । संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुने गरेको दाबी उहाँको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…