Logo बैशाख २९, २०७८ बुधबार


प्रजातन्त्र दिवसमा आयोजित कविता र निबन्ध प्रतियोगीताको नतिजा सार्वजनिक

काठमाडौं । ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित कविता र निबन्ध प्रतियोगीताको नतिजा सार्वजनिक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय र प्रज्ञा प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगीताको नतिजा आज सार्वजनिक भएको हो ।

कवितातर्फ रामेछापका विक्रम पवन परियार प्रथम हुनुभएको छ भने तनहुँका गोविन्द गोपाल खतिवडा द्धितीय र खोटाङका तेज राई तृतीय हुनुभएको छ ।

त्यसैगरी निबन्धतर्फ ईलामका गणेशप्रसाद भट्टराई प्रथम, तेह्रथुमकी रेजीना आपगाईँ द्धितीय र काठमाडौंका प्रेमराज सिलवाल तृतीय हुनुभएको छ ।

विजेताहरुलाई भोली (फागुन ७ गते) प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने साहित्य तथा सांस्कृतिक कार्यक्रममा प्रमाणपत्र र पुरस्कार वितरण गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…