Logo जेठ ३, २०७८ सोमबार


बागलुङमा एक सय पत्रकारले लगाए कोरोनाविरुद्धको खोप

शिब बोहोरा
बागलुङ । फण्टलाईनमा रहेर काम गर्ने बागलुङका पत्रकारले कोरोना विरुद्धको खोप लगाएका छन् । सरकारको कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियानअन्तर्गत सोमबार, मंगलबार र बुधबार पत्रकारले लगाएका हुन् ।

जिल्लामा पहिलो चरणको दोस्रो प्राथमिकताको आधारमा आइतबारबाट लगाउन शुरु गरिएको कोरोना विरुद्धको खोप कार्यक्रम अन्तर्गत जिल्लाका एक सय जना पत्रकारले खोप लगाएको नेपाल पत्रकार महासंघ बागलुङ शाखाले जनाएको छ ।

अग्रभागमा खटिएर काम गर्ने चिकित्सक स्वास्थ्यकर्मी पछि अन्यलाई पनि प्राथमिकताका आधारमा कोरोना विरुद्धको खोप लगाउने क्रममा प्राथमिकतामा जिल्लाका पत्रकारलाई पनि राखिएको थियो । बुधबारसम्म जिल्लामा पत्रकार, स्वास्थ्यकर्मी, जनप्रतिनिधी र सुरक्षाकर्मी गरी कुल एक हजार चार सय १५ जनालाई खोप लगाइएको छ ।

स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन दवप्रकाश घिमिरेलेका अनुसार सोमबार बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट बागलुङको पश्चिम क्षेत्रमा क्रियाशिल ७ जना पत्रकार, मंगलबार धौलागिरी अस्पताल बागलुङ र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट ४३ जना पत्रकार र बुधबार ५० गरी १ सय जना पत्रकारले खोप लगाएका हुन् ।

कोभिड १९ विरुद्धको खोप लगाएपछि पत्रकारले खुशी व्यक्त गरेका छन् । फ्रन्टलाईनमा काम गर्ने पत्रकारलाई सरकारले खोप उपलब्ध गराउनु सकारात्मक भएको भन्दै यसलाई विरोधको रुपमा नलिई सबै पत्रकारले खोप लगाउनुपर्ने बागलुङमा कार्यरत पत्रकारले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…