Logo बैशाख २९, २०७८ बुधबार


राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र जापानका राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि जापानका राजदूत मासामिची साइगोबीच शिष्टाचार भेटघाट भएको छ ।

राजदूत सइगोले आफ्नो तीनवर्षे कार्यकाल पुरा गरी स्वदेश फर्कनुअघि बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बिदाई भेट गर्नुभएको हो ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मित्रता, समझदारी र द्विपक्षीय सहयोगको आधारमा अगाडि बढिरहेको बताउनुभयो ।

करिब एक वर्षदेखि कोरोना भाइरस महामारीका कारण विश्वभरका राजनीतिक तथा आर्थिक गतिविधिमा अवरोध भएको बताउँदै उहाँले खोप लगाउन थालेपछि सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जापान सरकारले पनि कोरोनाविरुद्धको खोपलाई अनुमति दिएसँगै यस रोगविरुद्धको लडाइँमा छिट्टै नै महत्वपूर्ण जित हासिल गर्ने अपेक्षा गर्दछु ।’

जापान पाँच दशकदेखि नेपालको भरपर्दो विकास साझेदार रहेको बताउनुहुँदै उहाँले जापानको सहयोगमा निर्माणसम्पन्न विपि राजमार्ग, निर्माणाधिन तनहुँ हाइड्रो र नागढुंगा सुरुङमार्गलगायतका योजना नेपाली जनताले सम्झिरहने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…