Logo बैशाख २९, २०७८ बुधबार


अदालतको निर्णय मान्य हुन्छ : नेम्बाङ

भगीरथ भण्डारी
इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्तापक्षका संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले अदालतले जे निर्णय गर्छ त्यसलाई मानेर जाने बताउनुभएकाे छ ।

गृहजिल्ला इलाम आएका नेम्वाङले चुम्लुङ हिम समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो निर्णयलाई नै सदर गरी सर्वाेच्च अदालतको निर्णय आउनेमा प्रधानमन्त्री केपी शर्मा ओली विश्वस्त रहेको र प्रधानमन्त्रीमाथि आफ्नो विश्वास रहेको भन्दै अदालतको निर्णय मान्य हुने बताउनुभएकाे हाे।

‘आफूले गरेको निर्णय सदर हुन्छ भन्नेमा प्रधानमन्त्री एक सय प्रतिशत मात्र होइन, दुई सय प्रतिशत ढुक्क हुनुहुन्छ,’ उनले भने ‘सर्वाेच्चमा विचाराधीन मुद्दामा म अहिल्यै केही भन्दिनँ तर प्रधानमन्त्रीप्रति मलाई पूर्ण विश्वास रहेको भन्दै सरकारले संसदमा पेश गरेका विधेयकमाथि छलफलै नगराउनेदेखि प्रधानमन्त्रीका काममा बारम्बार अवरोध भएपछि संसद् विघटन गर्नुपरेका बताउनुभयो ।

नेम्बाङले पार्टीको आधिकारिकता र चुनाव चिह्न सूर्य पनि ओली नेतृत्वको नेकपाले नै पाउने दाबी गर्नुभयाे । ‘निर्वाचन आयोगले अस्ति गरेको निर्णयले नै पार्टीको आधिकारिकता ओली नेतृत्वको नेकपालाई देखाइसकेको प्रष्ट छ,’ उहाँले भन्नुभयो, ‘आयोगले दुवै अध्यक्षको निर्देशनमा महासचिवले बोलाएको बैठक मात्र आधिकारिक हुन्छ भनिसकेपछि पार्टीको आधिकारिक अध्यक्ष केपी शर्मा ओली र महासचिव विष्णु पौडेल नै भएनन् र ?

नेम्बाङले भन्नुभयाे आफूहरू सधैँ पार्टी एकताको पक्षमा रहेको भन्दै अहिले पनि नेकपाको अर्काे अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल नै भएको बताउनुभयो । लाेकतन्त्रमा चुनाव हुँदैन भन्नु चाँहि प्रतिगमन हो भन्दै जनादेशमा जान्छु भन्दा विरोध गरेर चुनाव हुन नदिने खेल भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…