यस कारण गरे सुवोधले ७ वर्षमा ११ घर परिवर्तन (भिडियोसहित)

काठमाडौं । हाँस्यकलाकार सुवोध गौतमले सात वर्षमा ११ घरबेटी खपेको पीडा व्यक्त गरेका छन् । जनता टेलिभिजनमा प्रत्येक बुधबार प्रसारण हुने ‘नेपाली कमेडि शो’ को नयाँ श्रृङ्खलामा गौतमले विभिन्न समस्याका कारण आफूले काठमाडौं आएको सात वर्षमा ११ वटा घर परिवर्तन गरेको भन्दै हँसाएका हुन् ।
उनले काठमाडौंमा घर भाडामा बस्नेहरुका विभिन्न समस्या र घरबेटीमाथि व्यङ्ग्य प्रहार गरेका छन् ।
त्यसैगरी अर्का हाँस्यकलाकार सुन्दर खनालले शिक्षक बनेर आजभोलिका विद्यार्थीको व्यवहारमाथि व्यङ्ग्य गरे । उनले सुरक्षा गार्डले विद्यार्थीलाई कक्षा बङ्क गर्न सहयोग गरेकाले विद्यार्थीले शिक्षकलाई घोप्टो आँखाले हेर्ने र सुरक्षा गार्डलाई भने नमस्कार भन्दै हिँड्ने गरेको बताए । उनले विद्यार्थीका विभिन्न उत्पट्याङ हर्कतका बारेमा व्यङ्ग्य गरे ।
त्यसैगरी हाँस्यकलाकार खबपु चञ्चल मगरले संगीत क्षेत्रमा देखिएका विकृतीमाथि व्यङ्ग्य गरे ।
भिडियाे :